चरेससहित मकवानपुरको थाहा नगरका दुई जना पक्राउ

लोकप्रिय

पर्सा, पुस ७ गते । वीरगंज महानगरपालिका-२२ जगरनाथपुर ढाँटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २ सय ४० किलोग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २९ वर्षीय सरोज मोक्तान र २१ वर्षीय नवराज लो रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रकलाई जाँच गर्दा क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाई लुकाईछिपाई राखेको उक्त परिमाणको पदार्थ फेला पारी चालक जित बहादुर र सहचालक नवराजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles