काठमाडौँ, पुस १९ गते । नियमिति महाधिवेशन स्थगितको सूचना जारी गरेसँगै नेपाली काँग्रेसभित्र आन्तरिक राजनीति पेचिलो बन्दै गएको छ। नियमित महाधिवेशन रोकिएपनि विशेष महाधिवेशन गर्नुपर्ने दावी गर्दै महामन्त्रीद्वयले प्रकृया शुरु गर्ने बताएसँगै पार्टी विभाजनको समेत यतिखेर चर्चा चलेको छ ।

पार्टी भित्रको यही आन्तरिक विवादलाई समाधान गर्न भन्दै नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ । कांग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाएका थिए । शुक्रबार विशेष महाधिवेशन पक्षधर केही नेताहरुले पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन वैधानिक वाध्यता भएको दावी गरेका थिए । तर सभापति देउवा पक्ष भने आमचुनाव मुखमा आएका बेला विशेष महाधिवेशन गर्न नहुने पक्षमा छ। विशेष महाधिवेशन अघि बढ्ने पार्टी फुट्ने भनेर संस्थापन पक्ष नेताहरूले बताइरहेका छन्।

त्यसो त नेपाली काँग्रेसका केही केन्द्रीय समितिका सदस्यहरुले संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरसँग भेटेर पार्टी विभाजन हुनसक्ने भन्दै ध्यानाकर्ण गराएका थिए । यसका सभापति र महामन्त्री दुबै पक्षले पार्टी नफुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।




