हटियामा खोरमा आगलागी हुँदा १५ हजारभन्दा बढी चल्ला मरे

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस १९ गते । हेटौँडा उपमहानगरपालिका–१७ गौरीगाउँस्थित पोल्ट्रीफर्मको खोरमा आगलागी हुँदा १५ हजारभन्दा बढी चल्ला मरेका छन् । शुक्रबार दिउँसो आगलागीमा १५ हजार १८२ वटा चल्ला मरेको र नौ सय कुखुरा भने झिक्न सफल भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेका राजु अधिकारीको पशुपति पोल्ट्रीफर्ममा चल्लालाई ब्रुडिङ गर्ने क्रममा ग्यास बुडरको तापक्रम बढ्न गई भुइँमा ओछ्याइएको भुसमा आगो सल्किएर खोरमा आगलागी भएको प्रहरीको भनाई छ । आगलागी हुँदा तीन दिनको चल्ला मरेको हो ।
आगलागीबाट अन्य भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ । स्थावासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

ताजा समाचार

Related Articles