ज्योतिष परिषद् मकवानपुरको अध्यक्षमा सापकोटा

लोकप्रिय

हेटौँडा, पुस १९ गते । नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा ध्रुवप्रसाद सापकोटा निर्वाचित हुनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका ५ स्थित रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा सापकोटालाई चयन गरेको हो ।
परिषद्को उपाध्यक्षमा यादबराज बराल, नारायणप्रसाद पौडेल र चेतबहादुर स्याङतान, सचिवमा जीवराज बख्रेल तथा सहसचिवद्वयमा नवीन नेपाल र नन्दप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ ।

यस्तै अधिवेशनले केशबप्रसाद सापकोटा कोषाध्यक्ष र गोकर्ण पराजुली सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
कार्यसमितिका सदस्यमा रामेश्वर धिताल, अनमोल धिताल, देवकृष्ण घिमिरे, पिताम्बर ढकाल, राजेन्द्र ढुङ्गाना, गहन खतिवडा, मौसम ढकाल, केशब आचार्य, तुलसा नैपाने, डिकनाथ पौडेल, शिवप्रसाद पौडेल र भरतबहादुर सिलवाल चयन हुनुभएको परिषद्ले जनाएको छ ।
कार्यक्रमका नेपाल ज्योतिष परिषद् केन्द्रीय अध्यक्ष केशबप्रसाद धितालले ज्योतिषशास्त्रलाई आधुनिक सोच, नयाँ ऊर्जा र वैज्ञानिक दृष्टिकोणसँग जोड्नु पर्ने बताउनुभयो ।
उहाँले ज्योतिषहरुलाई निरन्तर अध्ययन, अनुसन्धान र सेवामुखी कार्यमा सक्रिय रहन आग्रह गर्दै परिषद् सधैं उनीहरुको क्षमता विकास र मार्गदर्शनका लागि साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

ताजा समाचार

Related Articles