मामाघरलाई नेपाल एसबिआइ बैङ्कको सहयोग

लोकप्रिय

हेटौँडा, पुस १९ गते । नेपाल एसबिआइ बैङ्कले हेटौँडा उपमहानगरपालि ११ डाङ्डुङेस्थित मामाघर नेपाल मकवानपुरलाई सहयोग गरेको छ ।
बैङ्कको बतिसौँ साधारणसभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मामाघर नेपाललाई शनिबार एक कार्यक्रमका बिच सहयोग प्रदान गरेको हो ।
सडक बालकलाई आश्रय प्रदान गर्दै आएको १५ थान लो बेड, खाद्यान्न सामाग्रीहरु , मन्जन, सरफ र सरसफाइको सामग्रीहरु सहयोग गरेको बैङ्कका हेटौँडा शाखा प्रवन्धक श्यामप्रसाद दाहालले बताउनुभयो ।

उहाँले बैङ्कको ३२ औँ साधारण सभाको अवसरमा नेपालको ३२ स्थानमा रहेका सामाजिक सङ्घसंस्थाहरुलाई सहयोग गर्नेक्रममा हेटौँडामा रहेको मामाघर नेपालमा सहयोग गरिएको जानकारी दिनुभयो ।
सडक बालबालिका ब्यबस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुर बिगत डेढ दशकदेखि दान, चन्दा, उपहार र सहयोगमा सञ्चालनमा रहेको छ ।

ताजा समाचार

Related Articles