मकवानपुरको जुरिखेतमा सुमो दुर्घटना हुँदा नौ जना घाइते, सात जना गम्भीर

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस २० गते । मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेतमा सुमो गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा पर्ने जुरिखेतमा आइतबार साँझ काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो गाडी सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुमो दुर्घटनामा घाइते भएकामध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि हेटौंडा ल्याइएको छ ।
घाइते हुनेमा छ जना पुरुष, महिला, बालिका र बालक एक–एक जना रहेका छन् ।
प्रहरीका अनुसार बालक र बालिकाको अवस्था मध्यम रहेको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा रहेको छ ।

ताजा समाचार

Related Articles