सांस्कृतिक चित्रकला कार्यशाला सम्पन्न

लोकप्रिय

हेटौँडा, पुस २० गते ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा भरतपुर महानगरपालिका वडा नं २२, पटिहानिको आयोजनामा दुई दिन ‘सांस्कृतिक चित्रकला कार्यशाला तथा चित्रकलामाथि कविता सिर्जना तथा वाचन कार्यक्रम’ पटिहानिमा शनिबार सम्पन्न भएको छ ।

यसअघि भरतपुर महानगरपालिका वडा नं २२ का वडाध्यक्ष विष्णुराज महतोको अध्यक्षता तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको विशेष आतिथ्यमा शुक्रवार भएको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो विशेष अतिथि रहनुभएको थियो । कार्यक्रमममा भरतपुपर महानगर प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, डा. एकनारायण पौडेल, भूपिन खड्का, भरतपुर महानगरपालिका वडा नं २२ का सदस्य सूर्य बहादुर गुरुङ, मैनादेवी आचार्यलगायतको सहभागिता रहेको थियो ।

यस्तै कार्यशालामा भीम शर्मा, रामहरि श्रेष्ठ, प्रकाश थापा, राजन काफ्ले, मन गोल्डी, केशवराज खनाल, दामोदर बराल, बरुण घिमिरे, भीम श्रेष्ठ, लीलाधर केसी, इन्दिरा श्रेष्ठ, सुलभ पौडेल, सुशील गुरुङ, सन्तोष श्रेष्ठ, तमबहादुर पुन, तीर्थ पाण्डे, दुर्गा महतो, सुवर्ण प्रधान, सुमित्रा राना सुतपराई, मानषी भट्ट, सुष्मा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles