खासकुरा संवाददाता
हेटौँडा, पुस २४ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. २ मा वडा खेलकुद विकास समिति गठन गरिएको छ ।
वडाका युवा तथा खेलाडीहरुको भेलाले सुनिल लामा भ्लोनको अध्यक्षतामा सर्वसम्मत् समिति गठन गरेको वडा नं. २ का वडाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा आशिष थिङ, कुमार स्याङतान, सुमन थिङ, लाल बहादुर गोले, संसार बलामी र सदस्य सचिवमा नविन कुमार अधिकारी रहनुभएको छ ।
यस्तै समिति सल्लाहकारहरुमा सुसन श्रेष्ठ, विकास बलामी र कुमार लामा भेलाबाट चयन हुनुभएको इन्द्रसरोवर गाउँपालिका वडा नं. २ को कार्यालयले जनाएको छ ।




