खासकुरा संवाददाता
हेटौँडा, पुस २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ विन्दबासिनी कंसाकारले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं १ बाट आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
उहाँले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उम्मेदवार बन्ने बताउनुभएको हो । उहाँले ऐतिहासिक यात्रामा सहयोगका लागि आग्रहसमेत गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको – ’आदरणीय मकवानपुर जिल्लावासी सम्पूर्ण जनसमुदायमा नमस्कार । म बिन्दबासिनी कंसाकार, मकवानपुर क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आगामी फागुन २१ गते हुनगइरहेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीको घोषणा गरेको छु । यस ऐतिहासिक यात्रामा तपाईं सम्पूर्णको साथ, समर्थन र अमूल्य मतको अपेक्षा गर्दछु ।’
उहाँ यसअघि विघटित प्रतिनिधि सभामा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको थियो ।




