सिद्धार्थको स्वर्ण महोत्सवमा आँखा शिविर

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस २४ गते । हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औँ वर्षको अवसरमा आँखा शिविर आयोजना गरेको छ ।
स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउने क्रममा विद्यालय परिसरमा बिहीबारबाट दुई दिने निःशुल्क आँखा शिविर आयोजना गरिएको हो । आँखा शिविरको पहिलो दिन ५२१ जना विद्यार्थीको आँखा जाँच गरिएकोमा केही विद्यार्थीहरुको आँखामा समस्या रहेको पाइएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको जानकारी दिनुभयो । ईसिडीदेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको आँखा जाँच गरिने छ ।
विद्यालयले विद्यार्थीहरुलाई लक्षित गरी दन्त शिविरको समेत आयोजना गर्दै छ ।
विद्यालयले आगामी माघ २ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव कार्यक्रम मनाउँदै छ ।

ताजा समाचार

Related Articles