डढेलोका कारण चार जनाको मृत्यु

लोकप्रिय

काठमाडौँ, पुस २४ गते । चालु आर्थिक वर्ष २०८२/०८३ का लागि तयार गरिएको ‘वन डढेलो पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ को मस्यौदाउपर विभिन्न निकायका प्रमुख एवं प्रतिनिधिको सुझाव संकलन गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापना प्राधिकरणको सभाहलमा भएको एक बैठकमा उपस्थित विपद्सम्बद्ध मन्त्रालय एवं सहयोगी निकायहरु, सुरक्षा निकाय, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, विज्ञ एवं अन्य सरोकारवालाले मस्यौदामाथि सुझाव तथा टिप्पणी राख्नुभयो।
कार्ययोजनामा रणनीतिहरु, प्राथमिकताका क्षेत्रहरु, न्यूनीकरण र व्यवस्थापनका लागि विभिन्न क्रियाकलाप र त्यसका लागि जिम्मेवार निकायहरु, वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्रीरउपकरणहरूको सूची र बजेट व्यवस्थापनलगायतका विषय छन्।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष हिउँदमा कम वर्षा हुने एवं अधिकतम र न्यूनतम तापक्रम बढी हुने हुँदा सुक्खापन बढ्ने प्रक्षेषण गरेको परिप्रेक्ष्यमा वन डढेलोको जोखिम उच्च हुने अनुमान छ।
यसैबिच गत आर्थिक वर्षमा डढेलोका ७५१ घटनाहरु रेकर्ड हुँदा चार जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। जंगलमा लागेको आगो बस्तीमा प्रवेश गर्दा ५८ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए।

ताजा समाचार

Related Articles