१५ स्थानीय तहमा सीपमूलक तालिम सञ्चालन हुने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस २४ गते । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् , हेटौँडा र स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि बिच छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्न सम्झौता गरिएको छ ।
बागमतीभित्रका १५ वटा स्थानीय तह र परिषद् बिच सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि दोहोरो सम्झौता गरिएको हो ।

परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको अध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कन्चन चन्द्र वादेको प्रमुख आतिथ्यततामा सम्झौता कार्यक्रमभएको थियो ।
सम्झौता कार्यक्रममा बेलकोटगढी नगरपालिकाको प्रमुख जगतबहादुर घलान गुरूङ, बागमती गाउपालिकाका अक्ष्यक्ष सर्केश घलान, मनहरी गाउपालिकाका अक्ष्यक्ष रञ्जन कालाखेती, ताँदी गाउपालिकाका अक्ष्यक्ष सन्तमान तामाङ, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको उपस्थिति रहेको थियो ।

यस्तै, मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान, तामाकोशी गाँउपालिका अध्यक्ष प्रोण प्रताप केसी, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवार, चन्द्रागिरी नगरपालिकाकी उपप्रमुख वसन्ती श्रेष्ठ र गंगाजमुना गाउँपालिकाका प्रतिनिधिलगायत ३० जना पालिका प्रमुख एवम् प्रतिनिधिको कार्यक्रममा सहभागिता रहेको थियो ।
स्थानीय तहको साझेदारीमा मकवानपुरको छ वटा स्थानीय तह, काठमाडौँ र नुवाकोट जिल्लाको दुई–दुई वटा स्थानीय तह र सिन्धुपाल्चोक, रामेछाप,दोलखा, धादिङ र काभ्रे जिल्लाको एक–एक वटा स्थानीय तहमार्फत नौ वटा पेशामा छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि सम्झौता कार्यक्रम गरिएको हो ।

ताजा समाचार

Related Articles