सिद्धार्थको स्वर्ण महोत्सवमा ९५० जनाको आँखा जाँच

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस २५ गते । हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ ।
स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउने क्रममा विद्यालय परिसरमा बिहीबार र शुक्रबार भएको निःशुल्क आँखा शिविरमा ९५० जना विद्यार्थीको आँखा जाँच गरिएको छ ।
आँखा शिविरको पहिलो दिन ५२१ जना विद्यार्थीको आँखा जाँच गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले आँखा जाँचका क्रममा जटिल समस्या देखिएका विद्यार्थीहरुको उपचारमा विद्यालयले सहजीकरण गर्ने जानकारी दिनुभयो ।
ईसिडीदेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीको आँखा जाँच गरिएको थियो ।
आँखा जाँचका क्रममा केही विद्यार्थीहरुको आँखामा समस्या रहेको पाइएको विद्यालयले जनाएको छ ।
हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार समेत आँखा शिविर आयोजना गरिने भएको छ ।
यस्तै शनिबारनै विद्यालयले विद्यार्थीहरुलाई लक्षित गरी दन्त शिविरको समेत आयोजना गर्दै छ ।

यसैबिच विद्यालयको स्वर्ण महोत्सवका अवसरमा हेटौँडा २ स्थित सिद्धार्थ टोल विकास संस्था र सिद्धार्थ माविको एसएलसी २०५६ ब्याचका विद्यार्थीहरुको समुहले गरी एक लाख ६३ हजार ९७१ रुपियाँ स्वर्ण महोत्सवका लागि सहयोग प्रदान गरेका छन् । विद्यालयले आगामी माघ २ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव कार्यक्रम मनाउँदै छ ।

 

ताजा समाचार

Related Articles