ईन्द्रसरोवरमा प्रजनन् स्वास्थ्य रुग्णता शिविर सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस ९ गते । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको आयोजनामा प्रजनन् स्वास्थ्य रुग्णता शिविर कार्यक्रम सम्पन्न भएको छ । पालिकाको वडा न २ स्थित कुलेखानी स्वास्थ्य चौकीमा बिहीबार भएको उक्त कार्यक्रममा ८४ जना महिलाहरुको प्रजनन् स्वास्थ्य परीक्षण र ७० जनालाई निःशुल्क औषधी वितरण गरिएको थियो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले नौ जना गर्भवती महिलालाई ग्रामीण भिडियो एक्स रे सेवा प्रदान गरिएको जनाएको छ ।
शिविरमा पाँच वटै वडामा गरी ३४२ जना महिलाहरुको प्रजनन् स्वास्थ्य जाँच, २६४ जनालाई निःशुल्क औषधी वितरण र ३६ जना गर्भवती महिलालाई ग्रामीण भिडियो एक्स रे सेवा प्रदान गरिएको थियो ।

ताजा समाचार

Related Articles