सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने काँग्रेसको निर्णय

लोकप्रिय

काठमाडौँ, माघ ९ गते । नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा आज बसेको केन्द्रीय  कार्यसमितिको बैठकले पार्टी सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

देशको प्रधानमन्त्री काँग्रेसले कसलाई बनाउँछ भन्ने विषयमा मतदातालाई सजिलो होस् भनेर थापालाइ काँग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरिएको उपसभापति विश्वप्रकाश शर्माले बताउनु भयो । थापालई ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति शर्माले जानकारी दिनुभयो । व्यक्तिको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजनका आधारमा थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको उपसभापति शर्माको भनाइ छ ।शर्माले नै बैठकमा सभापति  थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेस गर्नु भएको थियो ।

यस्तै एमालेबाट भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी ओली, रास्वपाबाट वरिष्ठ नेता बालेन शाहलाई अघि सारिएको छ ।कांग्रेसका सभापति थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताउनुभएको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति पदको कार्यभार सम्हाले लगत्तै उहाँले यस्तो बताउनुभएको हो । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ उहाँले भन्नुभएको छ, ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी । हाम्रो केवल एक ध्येय छ–देशको सम्मुन्नति ।’

ताजा समाचार

Related Articles