राष्ट्रिय सभाका १८ नयाँ सदस्य

लोकप्रिय

काठमाडौँ, माघ ११ गते।   आइतबार देशका सातै प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) जसपा गठनबन्धनका १८ उम्मेदवार विजयी बन्नुभएको छ। ६ प्रदेशमा एमाले र कांग्रेसले गठबन्धन गर्दा मधेश कांग्रेसमा जसपा समेटिएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मतदान भएको छ।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित समूहअन्तर्गत एमालेका सोमनाथ पोर्तेल, महिलातर्फ गठबन्धनकै रोशनी मेचे निर्वाचित हुनुभएको छ। यसैबीच अन्य समूहतर्फ नेपाली कांग्रेसका सुनिल थापा यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुई प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसबिच गठबन्धन भएको थियो।

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत  मधेश प्रदेशमा खुलातर्फ जसपा नेपालका संरक्षक महन्थ ठाकुर, महिलातर्फ नेकपा (एमाले) का रेखा झा, दलिततर्फ नेपाली कांग्रेसका धमेन्द्र पासवान,  अपाङ्ग भएका व्यक्ति/अल्पसंख्यक समुहतर्फ नेपाली कांग्रेसका रंजित कर्ण विजयी हुनुभयो ।  बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका उम्मेदवार  महिलातर्फ कांग्रेसकी गीता देवकोटा र अन्य समूहबाट एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित हुनुभएको छ ।

लुम्बिनी प्रदेशबाट महिलातर्फ एमालेकी रामकुमारी झाँक्री  र अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग/अल्पसङ्ख्यक कोटामा बासुदेव घिमिरे विजयी हुनुभएको हो। गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र नेकपा (एमाले) की उम्मेदवार सम्झना देवकोटा निर्वाचित हुनुभएको छ। गण्डकी प्रदेशमा  कर्णाली प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवार ललितजंग शाही र नेकपा (एमाले) का उम्मेदवार मिनासिंह रखाल विजयी हुनुभएको छ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अन्जु महतराले प्रदेश सभातर्फ १३ र स्थानीय तहतर्फ ५५ मत तथा बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले)का लीला भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ।

यसैगरी, अन्यतर्फ कांग्रेसका खातीले तीन हजार ९६९ मतभार प्राप्त गरी जित हात पार्नुभयो। उहाँको प्रतिद्वन्द्वी टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गर्नुभयो। प्रदेश सभाका ५१ र स्थानीय तहका १७३ गरी कुल २२४ मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा २२० मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

एक प्रदेश सभा सदस्य बराबर ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष बराबर १९ मतभार रहेको छ।

ताजा समाचार

Related Articles