बागमती प्रदेश सभाको आठौँ वार्षिकोत्सवमा रक्तदान

लोकप्रिय

खासकुरा संवाददाता
मकवानपुर, माघ १४ गते । बागमती प्रदेश सभाले आठौँ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ ।
बागमती प्रदेश सभाले २०७४ माघ १८ गते पहिलो प्रदेश सभाको पहिलो अधिवेशन सुरुभएको दिनलाई वार्षिकोत्सवका रुपमा हरेका वर्ष मनाउँदै आएको छ ।

वार्षिकोत्सवको अवसरमा बुधबार प्रदेश सभा परिसरमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा १६ जना रक्तदाताले रक्तदान गरेका छन् ।
वार्षिकोत्सव कार्यक्रमका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश सभाका उपसभामुख अपसरा चापागाईँले प्रदेश सभाले सबैको अपनत्व हुने गरी कानुन निर्माणलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रदेश सभाका सचिव रामकुमार पौडेलले प्रदेश सभाबाट बनेका कानुन र प्रदेश सभामा विचाराधिन विधेयकका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले प्रदेश सभा सचिवालयको गतिविधिका बारेमा जानकारी गराउँदै वार्षिकोत्सवका अवसरमा प्रदेश सभा दर्पण प्रकाशन, कार्यालय परिसरमा सरसफाईसँगै माघ १८ गते विशेष कार्यक्रमको आयोजना गरी मनाइने बताउनुभयो ।

ताजा समाचार

Related Articles