निपाह भाइरसको उच्च जोखिममा नेपाल

लोकप्रिय

काठमाडौँ, माघ १५ गते । छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएको छ । यो भाइरस छिमेकी देश भारतको पश्चिम बङ्गालमा पुष्टि भएसँग नेपालमा पनि यसको उच्च जोखिममा परेको चिकित्सक बताउँछन् ।

चमेरा, बङ्गुर लगायतका जनावर नेपालमा पनि रहेकाले यसको जोखिम नेपालमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

मन्त्रालयले यसको जोखिमलाई मध्यनजर गर्दै नेपालमा यो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको डा. बुढाथोकीको भनाइ छ ।विमानस्थल, सीमा नाका तथा स्वास्थ्य संस्थाहरूलाई निगरानीमा राखिएको र शङ्कास्पद लक्षण देखिएका व्यक्तिको स्याम्पल लिएर परीक्षण गर्न निर्देशन दिएको डा. बुढाथोकीले बताउनुभयो ।

मन्त्रालयले सीमा नाकामा निगरानी कडा बनाउन, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको र सम्भावित जोखिम न्यूनीकरणका लागि प्रदेश तथा स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

 

ताजा समाचार

Related Articles