हेटौँडामा प्रारम्भिक बालशिक्षासम्बन्धी प्रादेशिक सम्मेलन हुँदै

लोकप्रिय

हेटौँडा, माघ १९ गते । हेटौँडामा गुणस्तरीय प्रारम्भिक बालशिक्षासम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हुने भएको छ। रातो बङ्गला फाउन्डेसनको आयोजनामा ‘गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी ?’ विषयक सम्मेलन यही माघ २३ र २४ गते हेटौँडाको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा हुने भएको हो ।

स्थानीय, प्रादेशिक तथा राष्ट्रिय स्तरमा प्रारम्भिक बालशिक्षाका अनुभवहरू आदान–प्रदान गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । फाउन्डेसनले देशका सातै प्रदेशमा गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी ? विषयक प्रादेशिक सम्मेलन आयोजना गर्ने योजना अन्तर्गत बागमती प्रदेशस्तरीय सम्मेलन गर्न लागेको फाउण्डेसनका प्रधानाध्यापक मिलन दीक्षितले बताउनुभयो ।
गुणस्तरीय शिक्षाका लागि स्थानीय तथा राष्ट्रिय स्तरका अनुभव आदान–प्रदान गर्नु, प्रभावकारी शिक्षण–सिकाइ विधिका बारेमा सुझाव सङ्कलन गर्नु, संघीय संरचनामा शिक्षा प्रणालीलाई अझ सुदृढ बनाउने उपायबारे छलफल गर्नु, विद्यालयहरूलाई व्यवहारिक रूपमा बालमैत्री बनाउने उपायहरू साझा गर्नु र शिक्षा सरोकारवालाबीच अन्तर–सिकाइ प्रवद्र्धन गर्नु सम्मेलनका उद्देश्य रहेको उहाँले बताउनुभयो ।

कार्यशालामा ११ वटा बालकेन्द्रित अभ्यासहरू सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाबाट २५० जनाभन्दा बढी शिक्षक, विद्यालय व्यवस्थापक, स्थानीय सरकारका प्रतिनिधि, शिक्षा विज्ञ तथा अन्य सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ ।

ताजा समाचार

Related Articles