रेडियो मकवानपुरद्वारा सञ्चारिकालाई सेनेटरी प्याड सहयोग

लोकप्रिय

हेटौँडा, माघ १९ गते । हेटौँडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले आफ्नो १६औँ वार्षिक उत्सवको अवसरमा सञ्चारिका समूह मकवानपुरलाई सेनेटरी प्याड सहयोग प्रदान गरेको छ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडियो मकवानपुरका सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली, स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीलगायतले आइतबार सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङसहितको टिमलाई दुई सय थान सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अधिकारीले महिला पत्रकारहरूका लागि पत्रकार महासंघ मकवानपुर हरेक परिस्थितिमा साथ दिन तयार रहेको बताउनुभयो ।
रेडियो मकवानपुरका अध्यक्ष पराजुलीले सामुदायिक रेडियो भएकाले समुदायसँग प्रत्यक्ष जोडिएर सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा सञ्चारिका समूह मकवानपुर तथा बागमती प्रदेशकी संस्थापक अध्यक्ष सरिता दाहाल, सञ्चारिका समूह बागमती प्रदेशकी महासचिव नानीमाया सापकोटा, सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
रेडियो मकवानपुरको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रम, दोस्रो दिन हेटौंडा–१८ खाद्यान्न सहयोग गरिएको थियो।

ताजा समाचार

Related Articles