हेटौँडा अस्पतालका डाक्टर र कर्मचारीमाथि कारबाहीको चेतावनी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, फागुन १ गते । हेटौँडा अस्पतालका चिकित्सक र कर्मचारीहरु आफ्नो कार्यालय समयमा डिउटीमासमेत नबस्ने गरेको पाइएको पछि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले कारबाहीको चेतावनी दिनुभएको छ । मुख्यमन्त्री बानियाँ अस्पतालमा आकस्मिक अनुगमनका लागि जाँदा कार्यालय समयमा डिउटीका चिकित्सक र कर्मचारी नभेटिएपछि उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
कार्यालय समयमा डिउटीमा अस्पतालमा नभेटिएपछि चिकित्सक र कर्मचारीहरुमाथि अस्पतालमा नै र मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर नागरिकको सेवाप्रति उत्तरदायी बन्न र नबनेमा कारबाहीको चेतावनी दिनुभएको थियो ।
अस्पतालको सेवाप्रति नागरिकको गुनासो बढेपछि मुख्यमन्त्री बानियाँ बुधबार साँझ अस्पतालमा अनुगमनका लागि पुग्दा डिउटीको समयमा कतिपय डाक्टर र कर्मचारी भेटिएनन् ।

मुख्यमन्त्री बानियाँले बिहीबार प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिब डा. सुमित्रा गौतम, मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञावाली, प्रतिष्ठानका रजिस्ट्रार एवं हेटौँडा अस्पतालका अध्यक्ष भीमसागर गुरागाई, निमित्त निर्देशक डा. हरिबहादुर खड्कालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाई छलफलसँगै कारबाहीको चेतावनी दिनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । साथै उहाँले नागरिकलाई प्रभावकारी रुपमा सेवा दिन निर्देशनसमेत दिनुभयो सचिवालयको भनाई छ ।
मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान मातहत सञ्चालित हेटौँडा अस्पतालबाट प्रदान गर्दै आएको स्वास्थ्य सेवामा लापरबाही बढ्दै गएको भन्दै नागरिकको लामो समयदेखि गुनासोपछि मुख्यमन्त्री बानियाँ अस्पतालको आकस्मिक अनुगमनमा पुग्नु भएको थियो ।
मुख्यमन्त्री बानियाँ आकस्मिक अनुगमनका विरामी र कुरुवाहरुको समस्याका बारेमा चासो राख्दै सोधपुछसँगै तत्काल सेवा प्रभावकारी बनाउन अध्यक्ष गुरागाईलाई निर्देशन दिनुभएको थियो ।

मुख्यमन्त्री बानियाँले मन्त्रालयका सचिव र प्रतिष्ठानका पदाधिकारीसँग डिउटी समयमा अस्पतालमा नभेटिने डाक्टर कर्मचारीलाई सचेत गराई तत्काल सुधार गर्न निर्देशन दिँदै अन्यथा गैरजिम्मेवार कर्मचारी तथा डाक्टरहरु र अस्पताल प्रशासनलाई स्पष्टिकरणसहित कारबाही गर्ने चेतावनी दिनुभयो ।
प्रदेश सरकारको ठुलो लगानी रहेको अस्पताल हो मुख्यमन्त्री बानियाँले छलफल भन्नुभयो, अस्पतालको सेवामा सुधार हुँदैन भने जिम्मेवारी पुरा नगर्नेमाथि कारबाही हुन्छ, नागरिकको सेवाप्रति लापरबाही गर्नेलाई छोडिन्न ।
उहाँले उपकूलपति र रजिष्ट्रारलाई स्पष्टिकर सोध्ने चेतावनीसहित विगतको तुलनामा अस्पतालको सेवामा सुधारका लागि गरिएका प्रयास र हालसम्म भएको प्रगति माग गर्नुभयो ।
कर्मचारी र डाक्टर बिदामा बस्दा समेत एकदिन अगाडि नै जानकारी गरायर बस्नु पर्छ भन्दै उहाँले अस्पताल प्रशासनले बिरामीलाई असर नपर्ने गरी डिउटी मिलान गर्न र डिउटी समयमा अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles