सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

लोकप्रिय

धरान, फागुन २४ गते । सुनसरी जिल्ला निर्वाचन क्षेत्र न-१ मा हर्कराज रार्ई साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

श्रम संस्कृति पार्टीको अध्यक्षसमेत रहनु भएका राईले ३५ हजार ७ सय ४१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँ निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ (सरिन)ले २७ हजार २ सय ४९ मत प्राप्त गर्नुभयो ।

यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४ सय ६३ मत, नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ र नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९ सय ७० मत प्राप्त गर्नुभयो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

ताजा समाचार

Related Articles