देश र जनताप्रति जिम्मेवार हुन निर्देशन

लोकप्रिय

काठमाडौँ, फागुन ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिनुभएको छ ।

रास्वपाका नवनिर्वाचित सांसदहरुलाई लक्षित गरेर ललितपुरमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमकोे आज समापनमा बोल्दै उहाँले नवनिर्वाचित सांसदहरुलाई दलको सिद्धान्त र आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण मन्तव्य  दिनुभयो । सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको स्पष्ट पार्नुभयो। 

हिजोदेखि ललितपुरको इमाडोलस्थित एक होटलमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा विभिन्न विषय विज्ञहरुले प्रशिक्षण दिनुभएको थियो । रास्वपाले गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा १२५ प्रत्यक्षतर्फ र समानुपातिकतर्फ ५७ सिटमा विजयी हासिल गरेको थियो । करिब दुई तिहाई बहुमतको नजिग पुगेको रास्वपाले अब केही दिनमा नै सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाएर नयाँ सरकार गठन गर्ने तयारी गर्दैछ ।

 

ताजा समाचार

Related Articles