निर्वाचन सम्पन्न भई देशले निकास पाएको छ

लोकप्रिय

काठमाडौँ, चैत ४ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रतिनिधिसभा निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिनुभएको छ। प्रधानमन्त्रीको निमन्त्रणामा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरू आज बालुवाटार पुग्नुभएको थियो। भेटमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री कार्कीले निर्वाचनको पक्षमा वातावरण निर्माण गर्दै लोकतान्त्रिक प्रक्रियाबाट देशलाई निकास दिन सहयोग गरेको भन्दै नेकपालाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “तपाईँहरूले निर्वाचनमा भाग लिनुभयो, वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक बाटोबाट अघि बढाउन योगदान दिनुभयो, यसका लागि धन्यवाद।” उहाँले निर्वाचनमा विजयी नेताहरूलाई बधाई तथा अन्यलाई आगामी अवसरका लागि शुभकामना पनि दिनुभयो।

जवाफमा नेकपाका नेताहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको बताएका छन्। संयोजक प्रचण्डले निर्वाचन नभएको भए मुलुक ठूलो दुर्घटनामा जान सक्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको साहस र मेहनतको प्रशंसा गर्नुभयो। उहाँले आफ्नो पार्टी सुरुदेखि नै निर्वाचनको पक्षमा रहेको पनि स्मरण गर्नुभयो। त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुशीला कार्की प्रधानमन्त्री बन्ने चर्चा सुन्दा आफूहरूमा राहत महसुस भएको बताउनुहुँदै उहाँको नेतृत्वले संविधान र व्यवस्था जोगिने विश्वास रहेको उल्लेख गर्नुभयो।

ताजा समाचार

Related Articles