चलचित्र पत्रकार सङ्घको अध्यक्षमा खड्का

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत ७ गते । चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाको अध्यक्षमा कपिल खड्का निर्वाचित हुनुभएको छ ।
सङ्घको शनिबार हेटौँडामा भएको १४ औँ वार्षिक साधारणसभाले दोस्रो कार्यकालका लागि अध्यक्षमा खड्कालाई सर्वसम्मत चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा रविन्द्र गौतम, सचिव मनोज देवकोटा, सह–सचिव मञ्जिता मैनाली र कोषाध्यक्षमा सन्नु रिजाल निर्वाचित हुनुभएको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा दर्शन क्षेत्री, मनिता राना, अन्जना न्यासुर र रामकुमार दानीलाई साधारण सभाले निर्वाचित गरेको छ ।

ताजा समाचार

Related Articles