हेटौँडा, चैत १० गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित चुत्राघारीडाँडा जंगलमा घाँस काट्न गएकी एक बालिकोको भिरबाट लडेर मृत्युभएको छ।
इन्द्रसरोवर गाउँपालिका ३ स्थित जातीपोखरीकी नौ वर्षीया लमिना वाईवाको भिरबाट लडेर भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार घाँस काट्न घरबाट करिब पाँच सय मिटर दक्षिणतर्फ रहेको चुत्राघारीडाँडा जङ्गलमा गएकी उनी घर नफर्किएपछि परिवारले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेकी थिइन ।

खोजतलासका क्रममा मङ्गलबार बिहान भिरबाट करिब तीन सय तल लडी मृत अवस्थामा बालिका फेला परेको प्रहरीको भनाई छ ।
घटनापछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




