खासकुरा संवाददाता
हेटौँडा, चैत १० गते । मकवानपुर प्रहरीले मकवानपुरको मनहरीबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
मनहरी गाउँपालिका ९ बाट राक्सिराङ गाउँपालिका ४, सितताकका २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई मङ्गलबार बिहान १७१ किलो २१ ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका ९ स्थित हरियाली सामुदायिक जङ्गलको भित्री बाटोमा राक्सिराङ गाउँपालिका १ भाबरबाट मनहरी ९ खरङ्गा हुँदै पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको बा १३ च २०१४ नम्बरको हात्ती गाडीलाई शङ्का लागि जाँच गर्ने क्रममा लागुऔषध गाँजा फेला परेको थियो ।
गाडीको पछाडिपट्टि लोड गरी ल्याइएको २७ प्याकेट गाँजा बरामद गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




