उद्योग वाणिज्य महासङ्घलाई समाबेशी र पारदर्शी बनाउँछौँ

लोकप्रिय

हेटौँडा, चैत २३ गते । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्षका उम्मेदवार वेदबहादुर श्रेष्ठले उहाँले आफू निर्वाचित भएपछि दोहोरो कर, नापतौल, अन्डर विलिङ, मिसम्याचका नाममा ब्यवसायीहरुले झेलिरहेका समस्या समाधानमा पहल गर्ने बताउनुभएको छ ।
श्रेष्ठले आफ्नो समुहको उम्मेदवार घोषणा तथा आफ्ना प्रतिबद्धताका बारेमा जानकारी गराउन सोमबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको भवनका लागि आफ्नै जग्गा ब्यवस्थापन गरी सुविधा सम्पन्न सचिवालय भवन निर्माण गरिने बताउनुभयो ।

नौ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उहाँले बागमती प्रदेशमा कृषि र पर्यटनका प्रचुर संभावना रहेकोले प्रदेश सरकारसँगको सहकार्यमा आधुनिक कृषि प्रणाली र प्रविधियुक्त कृषि क्षेत्र बनाउन विशेष पहल गरिने बताउनुभयो ।
कृषि, पर्यटन, जलविधुत, उद्योग र व्यापार निजी क्षेत्रको सरोकार भन्ने अभियान सञ्चालनका लागि प्रदेश सरकारसँग सहकार्य गरिनेछ प्रतिबद्धता पत्रमा भनिएको छ,, बागमती प्रदेश सरकारले बनाएको प्रदेश व्यवसाय ऐन २०७६ लाई प्रदेश सरकारसँग समन्वय गरी ऐनलाई व्यवसायीमैत्री बनाईनेछ ।
व्यवसायमा महिला बागमती प्रदेशमा पहिला भन्ने अभियानका लागि प्रदेश सरकारसँग समन्वय गर्ने, महिला उद्यमीका उत्पादनलाई बजारीकरण गर्न विशेष ब्यवस्था मिलाउन तीनै तहका सरकारसँग समन्वय गर्ने र प्रदेश उद्योग वाणिज्य महासङ्घलाई समाबेशी र पारदर्शी बनाई, संस्थागत सुशासन कायम गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

उहाँले जिल्ला नगर, एशोसियट बस्तुगत सङ्घहरुसँग समन्वय सहकार्य गर्दै उद्योगी व्यवसायी र सङ्घसंस्थाले भोग्दै आएका समस्या समाधानका लागि क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो गर्दछौं ।
महासङ्घको अध्यक्षमा दुई जनाले समुह बनाएर प्रतिस्पर्धा गर्दै छन् ।
महासङ्घ बागमती प्रदेशको अध्यक्षमा वेदबहादुर श्रेष्ठसँगै दुर्गाराज श्रेष्ठको उम्मेदवारी परेको छ ।
आगामी तीन वर्षे कार्यकालको लागि निर्वाचन मङ्गलबार हेटौँडामा हुने तय भएको छ ।
निर्वाचनमा एसोसियटतर्फको उपाध्यक्ष कृष्णभक्त श्रेष्ठ, बस्तुगततर्फका कार्यकारिणी सदस्यद्वयमा ज्योतिरत्न वज्रचार्य र सदिस श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष कृष्णभक्त र ज्योतिरत्न वज्राचार्य वेदबहादुरको समुहबाट उम्मेदवार बन्नुभएको हो ।
जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा कविराज खत्री र कृष्णकुमार गुप्ता तथा वस्तुगततर्फको उपाध्यक्षमा प्रेमहरि मैनाली र राजकुमार दाहाल तथा कोषाध्यक्ष पदमा जीवनकाजी माकजु श्रेष्ठ र रुद्रबहादुर खत्रीको उम्मेदवारी दर्ता भएको छ ।
महासङ्घको कार्यकारिणी सदस्यमा जिल्ला तथा नगरतर्फ पाँच जनाका लागि कृष्णमुरारी न्यौपाने, जयप्रकाश श्रेष्ठ, विष्णु खनाल, राजकुमार कंडेल, राजन कार्की र सनत थापा तथा एसोसियटतर्फ दुई जनाको लागि उत्तम शर्मा ढकाल, नवीन देव सिं र प्रदीपमान प्रधानको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचनमा जिल्ला तथा नगरतर्फका ३१, एसोसियटतर्फका १६५, वस्तुगततर्फका २० जना गरी २१६ जनाले मताधिकार रहेको छ ।

ताजा समाचार

Related Articles