प्रतिनिधिसभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल

लोकप्रिय

काठमाडौँ,  चैत २४ गते ।  प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गर्नुभएको हो ।

यसअघि बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले मुलुकको कृषि, आर्थिक, सामाजिक, सांस्कृतिक तथा पूर्वाधार र डिजिटल विकासका विषयमा सकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरुले वन्यजन्तु व्यवस्थापन, जनजाति संग्राहलय स्थापनामार्फत संस्कृति र पर्यटन प्रवर्द्धन गर्न, विगतदेखि निष्क्रिय रहेका उद्योग सञ्चालनमा ल्याई स्वदेशी उत्पादन प्रोत्साहन गर्न, सीमावर्ती क्षेत्रको सुरक्षा, दुर्व्यसनीमा फसेका युवाहरूलाई उचित रोजगारीको सिर्जना गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै सांसदहरुले भदौ २३ र २४ गते भएको घटनाको स्वतन्त्र, निष्पक्ष रुपमा छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याइनुपर्नेमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २५ गते दिउँसो १ बजे बस्ने छ ।

ताजा समाचार

Related Articles