हेटौँडा, चैत २५ गते । हेटौँडा उपमहानगरपालिका १६ बाट मकवानपुर प्रहरीले घरेलु मदिरा उत्पादन गर्दै आएका भट्टी सञ्चालन र कामदारलाई नियन्त्रणमा लिएको छ ।
काभ्रे जिल्लाको तेमाल गापा ५ घर भई हेटौँडा १६ स्थित शिवम सिमेन्ट लिमिटेड नजिकै स्थानीय विष्णु अवस्थीको घरमा डेरा गरी बस्ने भिमान सिहं तामाङले अवैध घरेलु मदिरा उत्पादन गर्दै आएको अवस्थामा तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

े जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले प्रहरीले भट्टी सञ्चालक ६७ वर्षीय तामाङसँगै मदिरा भट्टीका कामदार स्थानीय वर्ष १९ का लिलाबहादुर तामाङ र मकवानपुरको बकैया गापा ४ हातिसुढेका वर्ष २२ का शिवराज ठकुरीलाई नियन्त्रणमा लिएको जानकारी दिनभयो ।
तयारी घरेलु मदिरा, मदिरा बनाउने कच्चा पदार्थ, मदिरा बनाउने मेशिन, मदिरा बनाउने भाँडा बर्तनसहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक बोगटीले बताउनुभयो ।

प्रहरीले घरेलु तयारी मदिरा पाँच सय लिटर र घरेलु मदिरा बनाउने कच्चा पदार्थ दुई हजार पाँच सय लिटर नष्ट गर्नुका साथै
मदिरा बनाउने मेसिन एक थान, मदिरा राख्ने १५ वटा प्लाष्टिकको ड्रम, ग्यासको सिलिन्डर सात वटा, फलामको स्टेन्ड तीन थान, भट्टे चुलो एउटा, मर्चा आधा कार्टुन, सोडा आधा कार्टुन र १० कोदो ४० बोरा बरामद गरेको छ ।




