बागमती प्रदेशमा दुई विधेयक पेस

लोकप्रिय

हेटौँडा, चैत २५ गते । बागमती प्रदेश सभा बैठकमा दुई वटा विधेयक पेस गरिएको छ ।
प्रदेश सभाको बुधबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धमा बनेको विधेयक २०८२ र प्रदेश खानेपानी, उर्जा तथा सिँचाईमन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाईसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ पेस गर्नुभयो ।

यस्तै प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को उत्तरविधायिकी परीक्षण प्रतिवेदन प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles