आग्रह र पूर्वाग्रहले देश समृद्ध बन्दैन

लोकप्रिय

हेटौँडा, चैत २५ गते । बागमती प्रदेश सभाका सदस्यहरुले सङ्घीय सरकार प्रतिशोधको बाटोतर्फ उन्मुख भएको बताउनुभएको छ ।
प्रदेश सभाको बुधबारको विशेष समयमा बोल्दै वर्तमान राजनीतिक अवस्थामा दलहरुबिच सहकार्य र समन्वयको आवश्यकभएको जोड दिनुभयो ।
प्रदेश सभाका सदस्यहरुले सङ्घीय सरकारले आग्रह र पूर्वाग्रह त्याग्नुपर्ने भन्दै आग्रह र पूर्वाग्रहले देशको समृद्धि हुन नसक्ने बताउनुभयो ।

प्रदेश सभा सदस्यहरुले जनता र राष्ट्रलाई केन्द्रमा राखेर योजना बनाउनु आवश्यक पर्ने शिक्षा व्यवस्थामा ठुलो रोग रहेकोले शिक्षामा लगानीसँगै सामुदायिक शिक्षा जोड दिनुपर्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले देशको समृद्धिका लागि साझा चिन्तन आवश्यक भएको भन्दै सङ्घीय सरकारको अहिलेको रवैयाले देश द्वन्द्वमा जानसक्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य रामकुमार पहाडीले हामीले कमीकमजोरीहरुलाई सच्याउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठले भदौ २४ को बारेमा प्रतिवेदन मौन रहेकको छानविन अगाडि बढाउनुपर्ने माग गर्नुभयो ।

प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले पेट्रोलियम पदार्थमा सङ्घीय सरकारले कर छुट दिएर नागरिकले राहत पाउने भन्दै हेटौँडा कपडा उद्योग सञ्चालन गर्न सकिने बताउनुभयो ।
प्रदेश सभा सदस्य मायादेवी शर्माले बजेट समान रुपमा वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइले देश कमजोर अवस्थामा पुगेको भन्दै देशप्रतिको प्रेम बढाउनु आवश्यक भएको धारणा राख्नुभयो ।

प्रदेश सभा सदस्यहरु तारानारायण श्रेष्ठ, तीर्थ लामा, मदुकुमार श्रेष्ठ, केशवप्रसाद पोखरेल, सरल सहयात्री पौडेल, भारती पाठक, प्रेमभक्त महर्जन, देवेन्द्र श्रेष्ठ, सुरजचन्द्र लामिछाने, बालकुमारी विश्वकर्मा, रामप्रसाद ढुङ्गाना, आनन्दकुमार श्रेष्ठलगायतले कार्की आयोगको प्रतिवेदनले भदौ २४ घटना नदेखेको भन्दै प्रतिवेदन एक पक्षीय भएको बताउनुभयो ।

ताजा समाचार

Related Articles