हुप्रचौरलाई आकर्षक रुपमा व्यवस्थित गरिँदै

लोकप्रिय

हेटौँडा, चैत २५ गते । हेटौँडा उपमहानगरपालिका ४ नं. वडामा रहेको लोकतान्त्रिक चौर(हुप्र) लाई सुविधा सम्पन्न र आकर्षक चौरको रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ । करिब तीन ३ करोड रुपियाँ बराबरको बजेट व्यवस्थापनसँगै हुप्रचौरलाई प्रदेश कै नमूना खुला नमुना चौरको रूपमा विकास गर्न लागिएको हो ।

हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडा नगरलाई महिलामैत्री सहर निर्माण परियोजना अन्तरगत चौरको मास्टर प्लान बनाउने कार्य अन्तिम चरणमा पुगेको र मास्टर प्लान बनेसँगै निर्माण कार्यको लागि बोलपत्र आव्हान गरिने बताउनुभयो ।
हेटौँडा ४ नं. वडाध्यक्ष नवीन सिग्देलले चौरमा फुटबल, भलिवल र क्रिकेट खेल मैदानलाई थप व्यवस्थित गरिने भन्दै खुला जीम मर्मत र थप गर्ने, बालबालिका खेल्ने, जेष्ठ नागरिकको लागि विशेषस्थलको व्यवस्था, बस्ने र आराम गर्ने स्थान निर्माणसँगै प्रवेशद्वार र मञ्च थप सुविधायुक्त र आकर्षक बनाईने बताउनुभयो ।

उहाँले सार्वजनिक शौचालय, हिँड्ने ट्रययाक, भलिवल कोर्ट निर्माण गरिएको र क्रिकेट केज बनाउने कार्य जारी रहेको बताउनुभयो । वडा कार्यालयको व्यवस्थापनमा मर्मत र नियमित सरसफाई गरिँदै आएको चौरमा हालै चार वटा हाई माक्र्स जडान गरिएको छ ।
चौरलाई महिला, बालबालिका, अपाङ्ग र खेलमैत्री स्थलको रुपमा विकास गर्ने योजना रहेको वडाध्यक्ष सिग्देलको भनाई छ ।

ताजा समाचार

Related Articles