भृकुटीमण्डपका स्टल तथा सटरहरुमा ताला

लोकप्रिय

काठमाडौँ, चैत ३० गते । वर्षौँदेखि बक्यौता नतिरी बसिरहेका भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवनमा ताला लगाइएको छ । समाज कल्याण परिषद्ले आज मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं सङ्घसंस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाइ सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो ।

बक्यौता बुझाउन पटक–पटक पत्राचार एवं सार्वजनिक सूचना प्रकाशित गर्दासमेत अटेर गरेपछि यसरी ताला लगाउनुपरेको परिषद्का सदस्य सचिव सरोजकुमार शर्माले जानकारी दिनुभयो ।

परिषद्ले बर्षौँ देखि भाडा नतिरेका २० वटा स्टलमा तालाबन्दी गरेको हो । ताला लाग्नेमा रिपोटर्स क्लब नेपाल, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलगायत रहेका छन् ।

ताजा समाचार

Related Articles