पशुपन्क्षी बिमामा एक अर्ब ४३ करोड भुक्तानी

लोकप्रिय

काठमाडौँ, चैत ३० गते । सरकारले बाली तथा पशुधन बिमाको ‘प्रिमियम’मा अनुदानबापत रु एक अर्ब ६० करोड भुक्तानी गरेको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपन्क्षी बिमातर्फ रु एक अर्ब ४३ करोड तथा बाली बिमातर्फ रु १७ करोड भुक्तानी गरेको हो । पशुपक्षी तथा मत्स्यतर्फ  एक लाख ६६ हजार ७११ र बालीधनतर्फ एक हजार ६३४ गरी  एक लाख ६८ हजार ३४५ बिमालेख जारी गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।

जारी गरिएका बिमालेखलाई नेपाल बिमा प्राधिकरणले प्रमाणीकरण गरेपछि किसानलाई भुक्तानी गरिन्छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्म बिमा बापतको करिब रु ९० लाख भुक्तानी गरेको छ । जारी गरिएका केही बिमालेख प्रमाणीकरणको चरणमा रहेका सूचना अधिकारी जोशीले बताउनुभयो ।

बिमा कम्पनीले बिमा गरेको ३० दिनभित्र प्रदेशस्थित कृषि, मत्स्य तथा पशुपन्छी कार्यालयको सिफारिससहित बिमा प्राधिकरणमा अनुदानका लागि निवेदन दिनुपर्छ । कृषकलाई जोखिम कम गर्न र लगानी सुरक्षित गर्न सरकारले बाली तथा पशुधन बिमाको प्रिमियममा रु ५० लाखसम्मको बिमामा ८० प्रतिशत र सोभन्दा बढीको बिमामा ६५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने गरेको जोशीले बताउनुभयो । कृषिमा निजी तथा सहकारी क्षेत्रको लगानी सुरक्षा र आकर्षण बढाउन बिमा कार्यक्रममा बाली, माछा र पशुपन्छीलाई समावेश गरिएको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles