कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध

लोकप्रिय

काठमाडौँ,  वैशाख १४ गते । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सशक्त रूपमा बहन गर्ने बताउनुभएको छ ।
संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएपछि आज दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग उहाँले सत्तामा रहेकालाई सही काम गर्न सशक्त भूमिका निर्वाह गरिने बताउनुभयो । संसदीय दलको नेताका हैसियतमा आफूले त्यो भूमिकालाई थप प्रभावकारी बनाउन लाग्ने नेता आङ्देम्बेको भनाइ थियो ।
  “सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको सशक्त प्रतिवाद गर्छौँ । सत्तामा रहनेले लोकतान्त्रिक संस्कार र प्रणालीमा घोचपेच गरेमा सचेत गराउँछौँ”, उहाँले भन्नुभयो ।
संसदीय दलका नेता आङ्देम्बेले दलको प्रमुख सचेतक र सचेतकलगायत बाँकी पदाधिकारी २४ घण्टाभित्र मनोनयन गर्नेगरी छलफल भइरहेको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles