काठमाडौँ, वैशाख १४ गते । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको आठौँ अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रदेश सरकारको सिफारिसमा उहाँले यही बैशाख १७ गते अपराह्न ४ बजेका लागि प्रदेश सभाको आठौँ अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले बैशाख १२ गते अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुखबाट अधिवेशन आह्वान सम्बन्धीको पत्र प्राप्त भएको र बैठक बस्न आवश्यक तयारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।




