सवारी दुर्घटनामा प्रहरी सहायक हवल्दार श्रेष्ठको मृत्यु

लोकप्रिय

हेटौँडा, वैशाख २४ गते । ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दार किरण श्रेष्ठको मृत्युभएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ थानाभ¥याङस्थित सडक खण्डमा नवलपुर तर्फबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३–००५ प १४१५ नं.को स्कुटरलाई सोही दिशा पछाडिबाट आउँदै गरेको ना ५ ख ५२५२ नं.को फलाम लोड ट्रकले ठक्कर दिई घाइतेभएका श्रेष्ठको उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार राति ८ः०० बजेको समयमा ट्रकले ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक ३६ वर्षीय श्रेष्ठलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा उपचारकै क्रममा डाक्टरले मृत घोषणा गर्नु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
नुवाकोट जिल्ला तादी गाउँपालिका ६ ठेगाना भएका प्र.स.ह. श्रेष्ठ नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर दरबन्दी भई कार्यरत रहनुभएको थियो ।
उहाँका अनुसार ठक्कर दिने ट्रक र ट्रक चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका २ का २४ वर्षीय रन्जित कार्की जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

ताजा समाचार

Related Articles