राष्ट्रपतिबाट पाँच पत्रकार सम्मानित

लोकप्रिय

काठमाडौं, वैशाख २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सूचना तथा संचार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो विचार व्यक्त गर्नु भएको हो ।

कार्यक्रममा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मान गर्नुभयो भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गर्नुभयो । सम्मानित पाँचजना पत्रकारलाई जनही दुई–दुई लाख नगद तथा सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको बताउनु भएको छ । राष्ट्रिय पत्रकारिता दिवस २०८३ तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै सरकारले प्रेसमाथि कुनै पनि प्रकारको अंकुश लगाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

ताजा समाचार

Related Articles