भीरबाट हामफालेर र आफैले कैचीले घाँटी काटेर घाइते

लोकप्रिय

हेटौँडा, वैशाख २९ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ३ बसामाडी शान्तिचोकमा आफैले कैचीले घाँटी काटेर एक युवक घाइतेभएका छन् ।
२५ वर्षीय नवीन स्याङतानले आफ्नै घरमा आफैले घाँटी काटी घाईते भएको बबागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
सोमबार घाँटी काटेर गम्भीर रहेका स्याङ्तानलाई हेटौँडा अस्पताल मकवानपुरमा सामान्य उपचार पश्चात् थप उपचार नयाँ मेडिकल कलेज भरतपुर चितवनमा भईरहेको छ । निज घाईते आफैले कैचीले घाँटी काटेको परिवारजनले प्रहरीलाई बताएका छन् ।

यसैबिच मकवानपुरको मनहरी गाउँपालिका ३ मा भिरबाट हाम फाली एक जना घाईते भएका छन् । मनहरी गाउँपालिका २ घट्टेपाखाका २० वर्षीय राजेन्द्र रूम्बा सोमबार साँझ आफ्नै भान्जीको पास्नीमा भोज खाई घरतर्फ फर्कने क्रममा दौडिदै गई भिरबाट हामफाल्दा घाइते भएको प्रदेश प्रहरी कार्यालयको भनाई छ । निजको अनुहार, टाउको र बायाँ हातमा चोट लागी गम्भिर घाइते भएको अवस्थमा सिएमप् िचुरेहिल अस्पताल मकवानपुरमा ल्याइएकोमा गएरातिनै थप उपचारको लागी चितवन पठाइएकोमा नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

ताजा समाचार

Related Articles