बागमती नदीमा डुबेर बालकको मत्यु

लोकप्रिय

हेटौँडा, वैशाख २९ गते । मकवानपुरकको बागमती गाउँपालिका .५ स्थित टाकेका एक बालकको बागमती खोलामा डुबेर मृत्युभएको छ ।
स्थानीय १० वर्षीय आयुष लोप्चन सोमबार साँझ बागमती नदीमा पौडी खेल्ने क्रममा डुबी मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
आफ्नै घरदेखि करिब पाँच सय मिटर उत्तरतर्फ रहेको बागमती नदीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर गम्भीर अवस्थामा स्थानीयले देखी उद्धार गरी घरमा ल्याई राखेकोमा मृत्यू भएको हो ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण दासको नेतृत्वमा गएको प्रहरी टोलीले मुचुल्का कार्य पुरा गरी शव परीक्षणका लागि आइतबार हेटौँडा अस्पताल ल्याइएको छ ।
घट्नास्थाल प्रहरी चौकी भोर्लेनी मकवानपुरबाट अन्जादी तीन कि.मि.दक्षिणमा रहेको छ ।

ताजा समाचार

Related Articles