हेटौँडा, जेठ १४ गते । हेटौँडा उपमहानगरपालिका –४ स्थित रोयल पार्टी प्यालेसमा आगलागी हुँदा करिब २० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

बिहीबार दिउँसो शेरबहादुर पहरीले सञ्चालन गरेको पार्टी प्यालेसको सभा हलको स्टेजमा करेन्ट सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखरा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । हेटौँडा उपमहानगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो करिब २० मिनेटमा पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट सभा हलको स्टेजमा रहेको जिप्सन, लाइट, इलेक्ट्रोनिक तारजस्ता तथा स्टेन बोर्डलगायतका सामग्री जलेर नष्ट भएका छन् ।




