रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता

लोकप्रिय

काठमाडौँ, जेठ २२ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ । जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका सभापति लामिछाने शुक्रवार साँझ काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो ।

भ्रमणका क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायत शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको थियो ।

उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गर्नुभयो । भारत भ्रमणको क्रममा सीमा समस्या लगायत नेपाल–भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल भएको सभापति लामिछानेले बताउनुभयो ।

ताजा समाचार

Related Articles