विश्व वातावरण दिवसमा साताव्यापी कार्यक्रम सम्पन्न

लोकप्रिय

हेटौँडा, जेठ २२ गते । हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको आयोजनामा शुक्रबार हेटौँडामा विश्व वातावरण दिवस–२०८३ सम्पन्न भएको छ ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख आतिथ्तामा भएको कार्यक्रममा वातावरण दिवसका अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमको पुरस्कार वितरण र वातावरण सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय भरतकुमार केसी, प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलगायत आतिथ्ता रहेको थियो।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले जलवायु परिवर्तनका चुनौती सामना गर्न सरकार, स्थानीय तह, समुदाय र नागरिकबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
पूर्व मुख्यमन्त्री पौडेलले हेटौँडामा टोल विकास संस्थामार्फत समुदायमा आधारित विकास र वातावरण संरक्षण अभियानको सुरुवात गरिएको स्मरण गर्दै वातावरणीय सचेतना र सामाजिक रूपान्तरणमा टोल विकास संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

वन तथा वातावरणमन्त्री केसीले प्राकृतिक स्रोतको संरक्षण, प्लास्टिकजन्य प्रदूषण नियन्त्रण तथा हरियाली प्रवद्र्धनमा सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।
कार्यक्रममा समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वृक्षरोपण, प्लास्टिक न्यूनीकरण अभियान, फोहोर खोज चुनौती, विद्यालयस्तरीय प्रतियोगिता, वातावरणीय संवाद, सचेतनामूलक ¥याली, सरसफाइ अभियान तथा जनचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो ।
यस्तै हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट, सिद्धिलाल श्रेष्ठ, भुटनदेवी माध्यमिक विद्यालय, पशुपति मन्दिर, कुशमान्ड सरोवर त्रिवेणीधाम, सहीद स्मारक विकास समिति, हेटौँडा–११ र रानी सामुदायिक वन, हेटौँडा–६ लाई सम्मान गरिएको छ ।
यस्तै वडा कार्यालयहरूमध्ये हेटौंँडा उपमहानगरपालिका वडा नं. १० को कार्यालय, हेटौँडा–११ वडा समन्वय समिति, हेटौँडा–११ वडा कार्यालय, राजेश थापा र विश्वास कोइरालालगायतलाई सम्मान गरिएको थियो।
डिभिजन वन कार्यालय, मकवानपुर, सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौँडा–११, ज्ञानदिप टोल विकास संस्था, शान्तिचोक टोल विकास संस्था, सामुदायिक विकास तथा सचेतना नेपाल तथा पशुपति हेल्थ क्लब, हेटौँडा–११ का पूर्व वडाध्यक्ष गोकर्ण पराजुलीलगायतलाई सम्मान गरिएको थियो।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित सचेतनामूलक ¥याली प्रतियोगितामा विकास टोल विकास संस्था, हेटौँडा–८ प्रथम, कालिकामाई टोल विकास संस्था, हेटौँडा–८ द्वितीय तथा फारलाइन टोल विकास संस्था, हेटौँडा–८ तृतीय भएका थिए । मनकामना ‘ख’, मनकामना ‘क’, तपोवन, सिमलटार तथा पिप्लेचोक टोल विकास संस्थाले सान्त्वना स्थान प्राप्त गरेका थिए। खेर गएका वस्तुबाट उत्पादित सामग्री प्रतियोगितामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रथम, नवोदय शिशु सदन द्वितीय तथा सिद्धार्थ माध्यमिक विद्यालय तृतीय भएका थिए। ब्रम्हदिक एकेडेमी, ज्ञानदीप शिक्षा निकेतन, रसेल एकेडेमी तथा भुटनदेवी माध्यमिक विद्यालय सान्त्वना भएका थिए।
त्यसैगरी फोहोर खोज चुनौती प्रतियोगितामा कालिका टोल विकास समूह ‘ख’ प्रथम, विकास टोल विकास संस्था द्वितीय र मनकामना ‘क’ टोल विकास संस्था तृतीय भएका थिए। कालिका समूह ‘क’, मनकामना ‘ख’ समूह, बिन्दवासिनी टोल तथा सृजना टोलले सान्त्वना भएका छन् ।

ताजा समाचार

Related Articles