बागमती प्रदेशमा एमालेले सरकार छाड्दै

लोकप्रिय

हेटौँडा, साउन २ गते । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।
एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ । एमालेबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।
उहाँले सत्ता गठबन्धनमा विवाद आएपछि सरकारबाट एमाले बाहिरिने निर्णयमा पुगेको भन्दै मन्त्रीहरुलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिइएको बताउनुभयो । उहाँका अनुसार एमालेबाट मन्त्री भएकाहरुलाई समय मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा बुझाउन निर्देशन दिएको बताउनुभयो ।
बागमती प्रदेश सरकारमा एमाले तीन बिना विभागीयसहित छ जना मन्त्री छन् ।
एमालेबाट कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटा रहनुभएको छ ।
यस्तै एमालेबाट बिना विभागीय मन्त्रीमा किरण थापा मगर, जयराम थापा र भरतबहादुर केसी मन्त्री रहनुभएको छ ।

ताजा समाचार

Related Articles