करेन्ट लागेर तीन जनाको मृत्यु

लोकप्रिय

लहान, भदौ ७ गते । लक्षमीपुर पतारी र नवराजपुर गाउँपालिकामा विद्युत मोटरको तार जोडने क्रममा र नाङगो तार छुँदा करेन्ट लागेर एक युवकसहित तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्षमीपुर पतारीले जनाएको छ।

इप्रका पतारीका प्रहरी निरीक्षक विशाल मल्लका अनुसार आज आइतबार बिहान विहान ८ः३० बजे नवराजपुर गाउँपालिका वडा ४ का  जीवछ शर्माको २८ वर्षिय छोरा आफ्नो घरदेखि २५० मिटर पश्चिममा विद्युत मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो । उपचारको लागि नवराजपुर आधारभुत अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो ।

यसैगरी आजै बिहान ९ बजेतिर  लक्मीपुर पतारी गाउँपालिका वडा ५ खरुकियसहीको मोहम्मद मियाँको ४५ वर्षिय छोरा इसा अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ । खेतमा सिँचाइको लागि जडान गरिएको मोटरको तारबाट उहाँलाई करेन्ट लागेको थियो । सोही गाउँपालिका लभटोलीका ५५ वर्षिय पुलकित मण्डलको १३ः४५ बजे खुला विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । उहाँको अनुसार मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रदेशिक अस्पताल ल्याएको छ।

ताजा समाचार

Related Articles