हेटौँडा, भदौ ७ गते । नवसर्जक साहित्य चौतारी नेपाल र नेपाली भाषाशिक्षक समिति मकवानपुरद्वारा संयुक्त रुपमा आयोजना गरिएको कविता लेखन कार्यशाला सम्पन्न भएको छ । नेपाली भाष शिक्षक समिति मकवनपुरका अध्यक्ष ज्योति न्यौपानेको अध्यक्षता तथा
हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुक्रबार भएको कार्यशालामा विशिष्ट अतिथि तथा विज्ञ सहजकर्ताका रूपमा प्रा. डा. देवी नेपाल सहभागी हुनुहुन्थ्यो । त्यस्तै हेटौँडा उपमहानगरपालिका–५ का वडाध्यक्ष सुशील घिमिरे, वडा नं. ११ की वडाध्यक्ष जुनाकुमारी दाहाल र सर्जक सञ्जाल मकवानपुरका संयोजक डा. निमेष निखिलको उपस्थिति रहेको थियो ।
कार्यशालामा ३० वटा विद्यालयका २२५ भन्दा बढी विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको थियो । कार्यक्रममा प्रा. डा. देवी नेपालले कविता लेखनसम्बन्धी व्यावहारिक तथा सिर्जनात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा आरोही राईले विज्ञ सहजकर्ता डा. नेपाललाई आकर्षक तस्बिर उपहार प्रदान गर्नुभएको थियो ।




