मनहरीमा रक्तदान कार्यक्रम सम्पन्न

लोकप्रिय

हेटौँडा, भदौ ७ गते । मकवानपुरको मनहरीस्थित आमाघर सेवा आश्रममा समाज सेवा प्रभाव, हेटौँडाको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्रम्हा कुमारी रोजयोग सेवा केन्द्रकी दादी प्रकाशमणिको पुण्य स्मृति दिवसको अवसरमा भएको रक्तादान कार्यक्रममा ५४ जनाले रक्तदान गर्नुभएको थियो ।
ब्रह्माकुमारीज मकवानपुरकी सह–क्षेत्रीय सञ्चालिका ब्रह्माकुमारी रेवती दिदीको अध्यक्षता तथा संघीय सांसद प्रशान्त उप्रेतीको प्रमुख आतिथ्यमा भएकोमा कार्यक्रममा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी, मनहरी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष नारायण उप्रेती, आमाघर सेवा आश्रमकी सञ्चालिका ब्रह्माकुमारी संगीता दिदी र समाज सेवा प्रभावका अध्यक्ष ब्रह्माकुमारी विष्णु दिदीजीको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा उद्योग वाणिज्य संघ पश्चिम क्षेत्रका अध्यक्ष रामचन्द्र उप्रेती, साना किसान सहकारी संस्थाकी अध्यक्ष विमला कार्की, बगलामुखी महिला जागृति बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला न्यौपाने, लायन्स क्लबका अध्यक्ष होमराज मगर, युनाइटेड बोडिङ ईङ्लिस स्कुल स्कुलका प्रिन्सिपल विष्णुहरि सुवेदी, मनहरी खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष लक्ष्मण कार्की, मनहरी फिटनेस जिमका सञ्चालक आशिष अधिकारी, युवा प्रभाव हेटौँडाका अध्यक्ष ब्रह्माकुमारी पवित्रा बहनजी र देवकोटा वन उपभोक्ता समितिका अध्यक्ष गोपी ढकाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद प्रशान्त उप्रेतीले दिन सक्नु नै जीवनको सबैभन्दा ठूलो आनन्द भएको उल्लेख गर्दै रक्तदान गरी मानवीय सेवामा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो ।
यसै अवसरमा भरतपुरका समाजसेवी ओमकार कँडेलले ८१ औँ पटक रक्तदान गर्नुभएको थियो ।
ब्रह्माकुमारी रेवती दिदीजी, समाज सेवा प्रभावकी अध्यक्ष ब्रह्माकुमारी विष्णु दिदीजी र आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles