मधेस प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

लोकप्रिय

हेटौँडा, कात्तिक २९ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेस गर्न आव्हान गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री पद नियुक्तिका लागि प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेको हो । बहुमत जुटाउन सक्ने दललाई दावी पेस गर्न भनिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा आज स्वीकृत गर्दै प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि दावी पेस गर्न शनिबार आव्हान गर्नुभएको हो ।

संविधानको धारा १६८ को उपदफा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा सदस्यलाई २०८३ साल मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी पेस गर्न समय सीमा तोकेको छ ।

 

ताजा समाचार

Related Articles