एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

लोकप्रिय

काठमाडौँ, मंसिर २ गते । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
पार्टीका उपमहासचिव लेखराज भट्टले भेलामा सहभागी हुन एमाले केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू काठमाडौँ आइपुगेको जानकारी दिनुभयो ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल र शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय तहको निर्वाचनको तयारी, पार्टीको संगठनात्मक गतिविधि तथा आगामी रणनीतिबारे छलफल गर्न भेला आयोजना गरिएको हो ।

ताजा समाचार

Related Articles